विश्वप्रकाशको तर्क : कुनै नेतालाई निलम्बन गर्‍यो या गरेन भनेकै आधारमा काङ्ग्रेसमाथि प्रश्न उठाउन नाजायज

विश्वप्रकाशको तर्क : कुनै नेतालाई निलम्बन गर्‍यो या गरेन भनेकै आधारमा काङ्ग्रेसमाथि प्रश्न उठाउन नाजायज

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कानुनलाई बलियो बनाउन काँग्रेस सधैँ प्रतिबद्ध रहेको भन्दै कुनै व्यक्तिलाई निलम्बन गर्यो या गरेन भन्ने आधारमा मात्रै पार्टीमाथिको धारणा नबनाउन आग्रह गरेका छन्।

पार्टीको जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले मुलुकी अपराध संहिता काँग्रेस नेतृत्वकै सरकारमा बनेको भन्दै भने' हामीले बनाएको कानुन अनुसार हाम्रै कुनै नेता जेल पर्दैमा काङ्ग्रेसमाथि प्रश्न उठाउनु जायज हैन।'

उनले पार्टी अनुसन्धानलाई कमजोर बनाउन नलागेको भन्दै उनले विधि अनुसार दोषी दण्डित हुनुपर्छ र निर्दोष फस्न हुन्न भन्ने पक्षमा रहेको भन्दै यसबारेमा केन्द्रीय समितिको बैठक प्रस्ट हुनुपर्ने बताए।

कसैलाई निलम्बन नगरेकै आधारमा कानुनमाथि काँग्रेसको प्रतिविद्धताबारे प्रश्न उठाउनु जायज नहुने उनको तर्क छ।

उनले सभापतिलाई गाली गरेर, सभापतिलाई घुर्क्याएर भनेर केही साथीहरूले भनेको भन्दै उनले आलोचना गर्नुलाई गालीको रूपमा लिएको भन्दै उनले असहमति जनाएका थिए।

८ साउन, २०८०, १७:०७:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।