लघुवित्त संस्थाविरुद्धको संघर्ष समितिले राष्ट्र बैंक घेर्यो (तस्बिरहरू)

लघुवित्त संस्थाविरुद्धको संघर्ष समितिले राष्ट्र बैंक घेर्यो (तस्बिरहरू)

काठमाडौं : लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति नेपालले शनिबार राष्ट्र बैंक घेराउ गरेको छ।

शनिबार समितिको केन्द्रीय समितिले विभिन्न माग राखी बालुवाटास्थित राष्ट्र बैंक घेराउ गरेको हो।

माइतीघरमा जम्मा भएका करिब ८ सयको संख्यामा रहेका लघुवित्त पीडितहरूले बालुवाटार गएका हुन्।

भाटभटेनी चोक अगाडि पुगेका उनीहरूलाई प्रहरीले रोकेको थियो। त्यसउता निषेधित क्षेत्र भएकाले उनीहरूले त्यहिँ बसेर प्रदर्शन गरेका थिए।

उनीहरूले लघुवित्त संस्थाले लगाएको सामुहिक ऋण मिनाह गर्न, एक अंकमा ब्याजदर कायम गर्न, समाजवादी अर्थतन्त्रको विकास गर्न माग गरेका छन्।

संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीको आमरन अनसनमा राखेका माग पूरा गर्नसमेत आन्दोलनले दबाव दिएको छ।

६ साउन, २०८०, १४:४४:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।