ज्यान हत्केलामा राखेर मह काढ्ने ‘हनी हन्टरहरू’ (११ तस्बिर)

ज्यान हत्केलामा राखेर मह काढ्ने ‘हनी हन्टरहरू’ (११ तस्बिर)
तस्बिर : स्कन्द गौतम/ नेपाल फोटो लाइब्रेरी

काठमाडौं : सिन्धुपाल्चोकको चाकु भन्ने ठाउँभन्दा २० किलोमिटर पर भोटेकोशी किनारमा जोमभीर भन्ने ठूलो चट्टाने भिर छ। यसै भीरमा भीर मौरीका घारहरु छन्।

वैशाख र जेठ महिनामा नजिकै रहेको वस्तीका मानिसहरु वर्षेनी समूह बनाएर भिरमा भएका मौरीका घारहरुबाट मह काढ्छन्। यस वर्षको जेठ अन्तिमतिर पनि ६/७ जनाको एउटा समूह मह काढ्न जोमभीर पुग्यो। 

भोटेकोशी गाउँपालिकाका स्थानीयबासीहरुका लागि यो जीविकोपार्जनको एउटा स्रोत हो। तर भीर मह हात पार्न त्यति सजिलो छैन। धेरै सावधानी अपनाउनुपर्छ। थोरै मात्र तल माथि भए ज्यानै जान सक्छ।

औषधिजन्य गुण भएको भीर मौरीको महको बजारमा ठूलो माग छ। हाल बजारमा कम्तीमा तीन हजार ५०० रुपैयाँ लिटरमा भीर मौरीको मह बिक्री हुने गरेको छ।

६ साउन, २०८०, ११:५६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।