कांग्रेस महामन्त्रीलाई लक्ष्मी खतिवडाको प्रश्न : केन्द्रीय समितिमा बसेर निर्णय गर्ने अनि बाहिर बबन्डर किन?

कांग्रेस महामन्त्रीलाई लक्ष्मी खतिवडाको प्रश्न : केन्द्रीय समितिमा बसेर निर्णय गर्ने अनि बाहिर बबन्डर किन?

काठमाडौँ : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले पार्टी सभापतिको आलोचना गर्दै हिँडेको भन्दै पार्टीका दुवै महामन्त्रीको आलोचना गरेकी छिन्।

पार्टी सभापति भनेको संस्था भएको तर सबै दोष सभापतिलाई मात्र दिँदा पार्टी बलियो नहुने बताए। उनले महामन्त्रीहरूको गतिविधिबारे आफूहरूले पनि अनुगमन गरिरहेको र जसरी उनीहरूले अन्य नेताहरूको विकल्प खोजिरहेका छन् व्यवहार नसच्चिए आफूहरूले पनि महामन्त्रीहरूको विकल्प खोज्न बाध्य हुने बताइन।

गठबन्धनको निर्णय केन्द्रीय समितिबाट भएको तर दोष जति सभापतिलाई दिने गरेको भन्दै उनी गगन थापा र विश्वप्रकाश शर्माप्रति आक्रोशित देखिएकी थिइन्।

पार्टीको केन्द्रीय समितिको निर्णयबाट बनेको गठबन्धनको दोष पार्टी सभापतिको मात्र कसरी भन्दै उनले प्रश्न गरेकी थिइन्।

'सरकार बनाउने बेलामा पचासथरि वितण्डा गर्दा सरकारबाट बाहिर जानुपर्यो। पोल्टाबाट झरेको टिपेर अहिले पार्टी अगाडि बढ्दै छ। सभापति सँगैसँगै उभिन आवश्यक छ' उनले भनिन्।

कांग्रेसका केन्द्रीय नेता पक्राउ पर्दा कांग्रेसका नेताहरू गृह मन्त्रालयमा गएर गृहमन्त्रीलाई धन्यवाद दिएको भन्दै उनले आलोचना गरेकी थिइन्।

३ साउन, २०८०, १५:२१:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।