कांग्रेस बैठक लाइभ : २२ वटा नयाँ विभाग गठन प्रस्ताव

कांग्रेस बैठक लाइभ : २२ वटा नयाँ विभाग गठन प्रस्ताव

काठमाडौँ : नेपाली कांग्रेसले थप २२ वटा नयाँ विभागको प्रस्ताव गरेको छ। पार्टीको केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले विभाग सम्बन्धी प्रस्ताव गरेका हुन्।

अहिले कांग्रेसमा ४८ वटा विभाग रहेको छ। त्यसलाई बढाएर ७० वटा बनाउन उनले प्रस्ताव गरेका छन्। विभागमा ५१ जना भन्दा बढी नराख्ने, समावेशी बनाउनुपर्ने लगायतका प्रस्ताव छन्। मङ्गलवारबाट सुरु भएको केन्द्रीय समितिको बैठक लाइभ गरिएको छ।

बैठकमा कार्यकाल सकिएका ६ वटा भ्रातृ संगठनको तदर्थ समिति भदौ १५ भित्र बनाउने प्रस्ताव गरियो। बैठकमा महामन्त्री थापाले नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल ठाकुर संघ र नेपाल दलित संघको तदर्थ समिति भदौ १५ भित्र बनाउने प्रस्ताव राखे।

बैठकमा उनले तदर्थ समिति बने पनि पूर्णता नपाएका नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संगठनलाई ६ महिनाभित्र अधिवेशन गर्नेगरी भदौ १५ भित्र पूर्णता दिने प्रस्ताव गरेका थिए।

 

२ साउन, २०८०, १५:०७:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।