विद्यालय व्यवस्‍थापन समिति अध्यक्ष र प्रधानाध्यापक घुस रकमसहित पक्राउ

विद्यालय व्यवस्‍थापन समिति अध्यक्ष र प्रधानाध्यापक घुस रकमसहित पक्राउ

काठमाडौं : काठमाडौंको श्री सिद्धिगणेश माविका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापक घुस रकमसहित पक्राउ परेका छन्।

मंगलबार अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित श्री सिद्धिगणेश माविका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकलाई घुससहित पक्राउ गरेको हो।

अध्यक्ष राजकुमार थापा र प्रधानाध्यापक बुद्धिविलास धिताल पक्राउ परेका छन्। उनीहरूबाट १६ हजार घुस बरामद गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

शिक्षक छनोट प्रक्रियाका लागि उनीहरूले घुस माग गरेको भन्ने सूचना अख्तियारले पाएको थियो। उक्त सूचनापछि टंगालबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको अख्तियारले जनाएको छ।

२६ असार, २०८०, १८:१२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।