कम बजेटमा बनेर बक्स अफिसमा हिट भएका ६ बलिउड फिल्म

कम बजेटमा बनेर बक्स अफिसमा हिट भएका ६ बलिउड फिल्म

बलिउडमा यस्ता धेरै फिल्म बनेका छन् जसको बजेट निकै कम छ। यद्यपि यी फिल्मले निकै राम्रो प्रतिक्रियाका साथै बक्स अफिसमा पनि धेरै कमाउन सफल भएका छन्।  

राजकुमार राव र श्रद्धा कपुरको सुपरहिट फिल्म ‘स्त्री’ सन् २०१८ मा रिलिज भएको थियो। फिल्मले विश्वभर १७१ करोड भारु कलेक्सन गरेको थियो। तर फिल्म मात्र २४ करोडको लागतमा बनाइएको थियो।  

त्यस्तै रितेश देशमुख, सिद्धार्थ मल्होत्रा ​​र श्रद्धा कपुरको फिल्म ‘एक भिलेन’ ले पनि बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको थियो। ३९ करोड भारुमा बनेको फिल्मले १५३ करोड कमाएको थियो।
 
'द कश्मीर फाइल्स' पनि कम बजेटमा बनेर धेरै कमाउने फिल्म बन्यो। विवादमा तानिए पनि फिल्मले बक्स अफिसमा धमाका मच्चायो। १५ देखि २५ करोडको बजेटमा बनेको भनिएको यो फिल्मले विश्वभर ३ सय ४० करोडको कलेक्सन गरेको थियो। फिल्ममा मिथुन चक्रवर्ती तथा अनुपम खेरको दमदार अभिनय रहेको छ। 

यसैगरी सारा अली खान र विक्की कौशल स्टारर फिल्म ‘जरा हट्के जरा बचाके’ यही वर्ष जुन २ मा रिलिज भएको थियो। फिल्मको बजेट ४० करोड भारु मात्रै हो, तर फिल्मले ८० करोडभन्दा बढी कलेक्सन गरिसकेको छ। 

फिल्म 'द केरला स्टोरी' पनि कम बजेटमा बनेर धेरै कमाउने फिल्ममा दर्ज भयो। ५ मे २०२३ मा रिलिज भएको यो फिल्म पनि विवादबाट अछुतो भने रहन सकेन। तर बक्स अफिसमा सुपरहिट भयो। यो फिल्म ३५ देखि ४० करोडको भारुमा बनेको थियो। कम बजेटमा बनेको यो फिल्म बलिउडमा २०० करोड क्लबमा सामेल हुने वर्ष २०२३ को दोस्रो फिल्म बनेको छ। 

दिवंगत अभिनेता इरफान खान र पाकिस्तानी अभिनेत्री सबा खान स्टारर फिल्म ‘हिन्दी मिडियम’ पनि निकै कम बजेटमा बनेर हिट भएको फिल्म हो। यो फिल्म २३ करोडको लागतमा बनेको थियो। फिल्मले विश्वभर १०८ करोड भारु कमाएको थियो। 

१८ असार, २०८०, ०९:४३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।