हाम्रो देशको प्रशासन कानुनबाहिरैबाट चलिरहेको छः पूर्वसभामुख ढुंगाना

हाम्रो देशको प्रशासन कानुनबाहिरैबाट चलिरहेको छः पूर्वसभामुख ढुंगाना

काठमाडौँः देशको प्रशासन कानुनभन्दा बाहिरबाट चलिरहेको पूर्वसभामुख दमननाथ ढुंगानाले दाबी गरेका छन्। 

६५ औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा ढुंगानाले संसदले यसबारे ध्यान दिन नसकेको पनि आरोप लगाए।

राजनीतिक पार्टीहरू सत्तास्वार्थमा डुबेका उनको भनाइ थियो। उनले भने, 'अहिले म सुन्दैछु, संसदले एउटा कानुन बनाउँछ तर अरू अरुकै आदेशबाट प्रशासन चलिरहेको छ। त्यो हेर्ने को हो ? तपाईंहरू संसदले हेर्ने होइन। ल हाम्रा पार्टीलाई त सत्तामै फुर्सद भएन, हुनेलाई कसरी मेरो सत्ता बचाऊँ, नहुनेलाई सत्तामा जान हतारो। त्यो मात्रै छ।'

कानून छल्ने गरी प्रशासनले जुन जुन आदेश गरेको छ, त्यो संसदको अपमान भएको उनको भनाइ थियो। 

१६ असार, २०८०, १८:१९:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।