चार पेय पदार्थ जसले घटाउँछ मुटु रोगको जोखिम

चार पेय पदार्थ जसले घटाउँछ मुटु रोगको जोखिम

काठमाडौँ : अहिले मुटुको रोग जुनसुकै उमेर समूहकालाई पनि हुनसक्छ। बदलिँदो जीवनशैली अनि खानपिनले मुटुको रोगको जोखिम बढाइराखेको छ।

यस्ता केही सामान्य पेय छन् जसले मुटु सम्बन्धी रोगको जोखिम कम गर्न सघाउँछ।

यी पेय महँगो पनि छैनन्। घरमै मजाले पिउन सकिन्छ।

ग्रिन टी

एन्टी अक्सिडेट्सका कारण ग्रिन टी स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ। यसले ब्लड प्रेसर पनि नियन्त्रण गर्छ। यसले दुखाई पनि कम गर्छ।

मुटुका लागि समेत निकै फाइदाजनक मानिने ग्रिन टी दिनको एक पटक पिउनु लाभदायक मानिन्छ।

ओट मिल्क

ओट मिल्क सहजै पच्छ।यसमा क्यालोरी पनि निकै कम हुन्छ। यो दूध पिउँदा खराब कोलेस्ट्रोल कम हुन्छ नै त्यसले मुटु सम्बन्धी रोगको जोखिम पनि कम गर्छ।

दिनभरमा एक गिलास ओट मिल्क पिउनु फाइदाजनक मानिन्छ।

ताजा फलको रस

नियमित खानामा फलफूल जति मात्रामा मिलाउन सक्यो त्यति फाइदाजनक मानिन्छ। मौसम अनुसारको ताजा फलको जुस पिउँदा   इम्युनिटी पावर बढ्छ नै पाचन प्रणालीमा समेत सुधार हुन्छ।

बोतलको जुस शरीरको लागि हानिकारक मानिन्छ। सकेसम्म नपिउनु नै राम्रो।
गुलियोपना देखि रसायनसम्मको प्रयोगले फाइदाभन्दा घाटै बढी हुन्छ। मौसम अनुसारको फलफूल किनेर घरमै बनाउने जुसले अन्य फाइदासँगै मुटु पनि बलियो बनाउँछ।

पुदिना मिसाएको पानी

शुद्ध पानी आफैमा शरीरका लागि निकै फाइदाजनक पेय हो नै। त्यसमा पुदिना मिसिए त्यसको फाइदा मुटुले पनि पाउँछ।

पुदिना राखेको पानीले शरीरलाई डिटक्स गराउँछ। विकारतत्व बाहिर निकाल्न सघाउँछ।

पाचन प्रणालीमा सुधार त हुन्छ नै ब्लड प्रेसर पनि नियन्त्रणमा राख्छ। ब्लड प्रेसर नियन्त्रणमा रहनु मुटुका लागि फाइदाजनक हुने नै भयो।

१४ असार, २०८०, २३:४०:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।