वर्षौँदेखिको विकृतिको डुंगुर सफा गर्न मलाई संसद जनताको समर्थन चाहिन्छः प्रधानमन्त्री

वर्षौँदेखिको विकृतिको डुंगुर सफा गर्न मलाई संसद जनताको समर्थन चाहिन्छः प्रधानमन्त्री

काठमाडौँः  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्षौँदेखिको विकृतिको डुंगुर सफा गर्न आफूलाई सदन र आम जनताको समर्थन आवश्यक परेको बताएका छन्। 

बुधबार प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रचण्डले यो शुद्धीकरण यतिमा नरोकिने र निरन्तर अगाडि बढ्ने बाचा गरे।

'हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवासका अभियुक्तहरू पक्राउ पर्न थालेका छन्। मिटरब्याजी र सहकारीका ठगहरूमाथि कारबाही सुरु भइसकेको छ। वर्षौँदेखिको विकृतिको डुंगुर सफा गर्ने सुशासनको यो लडाइँमा मलाई सदन र जनताको अझ धेरै समर्थन र आवश्यकता रहेको मैले महसुस गरेको छु।'

यो लडाइँमा आफूलाई सदन र आम जनताको हौसला र सहयोग प्राप्त आफूले विश्वास लिएको पनि उनले बताए। 

'कुनै पनि मूल्यमा विकृतिविरुद्धको यो लडाइँ अगाडि बढाइने र लोकतन्त्रसँग आफ्ना विकृति सच्याउने सामर्थ पनि रहनेछ', उनले बताए। 

१३ असार, २०८०, १३:२७:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।