निकिता पौडेल उपाध्यक्ष रहेको साइ स्वागत सहकारीविरुद्ध उजुरी, बचतकर्ताको पाँच करोड फिर्ता नगरेको दाबी

निकिता पौडेल उपाध्यक्ष रहेको साइ स्वागत सहकारीविरुद्ध उजुरी, बचतकर्ताको पाँच करोड फिर्ता नगरेको दाबी

काठमाडौं : नेपाल चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष निकिता पौडेल उपाध्यक्ष रहेको साइ स्वागत बचत तथा ऋण सहकारी संस्थाले रकम फिर्ता नगरेको भन्दै उजुरी परेको छ।

काठमाडौं महानगरपालिकामा रहेको सहकारी विभागमा सो सहकारीविरुद्ध परेको उजुरीमा बचतकर्ताको ५ करोड बराबरको रकम फिर्ता नभएको उल्लेख छ।

पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको श्रीमती समेत हुन्। 
काठमाडौं महानगरपालिकाका सहकारी विभाग प्रमुख बलराम त्रिपाठीले सहकारीविरुद्ध उजुरी परेको पुष्टी गरे।

त्रिपाठीका अनुसार यस सहकारीको अध्यक्ष भरत जंगम हुन्। उनी भ्रष्टाचारविरुद्धको अभियन्ताको रूपमा परिचित छन्। यसको उपाध्यक्षमा निकिता पौडेल हुन्।

महानगरमा पेश भएको उजुरीमा उपाध्यक्षको नाम खाली राखिएको छ। त्रिपाठीका अनुसार उजुरीकर्ताले पौडेलले राजीनामा दिएको बताएका थिए।

तर, राजीनामा पत्र भने पेश गरेका छैनन्। त्रिपाठीले सहकारीको कार्यसमीतिबारे विवाद भएपछि उजुरी आए जस्तो देखिएको दाबी गरे।

‘यो अन्य सहकारीको जस्तो उजुरी देखिँदैन। कार्यसमितिमा विवाद भएका कारण उजुरी आएको हो की जस्तो देखिन्छ,’ उनले भने, ‘उजुरी आएकाले छानबिन हुन्छ।’

४ असार, २०८०, १९:००:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।