सर्लाहीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु
सर्लाही : सर्लाहीमा मोटरसाईकलले साईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
प्रहरीका अनुसार गएराती करिब ८:१५ बजे ईश्वरपुर नगरपालिका–२ राईटरखोरस्थित मियाँखोरबाट पूर्वतर्फ सुकनाहा जाँदै गरेको बिआर ३० ई ६९०२ भारतीय नम्बर प्लेटको मोटरसाईकलले विपरीत दिशाबाट आउँदै गरेको साईकललाई ठक्कर दिएको थियो।
उक्त दुर्घटनामा साईकल यात्री ईश्वरपुर नगरपालिका–२ राईटरखोरका किसुन देव साह गम्भीर घाईते भएका थिए। उपचारका लागि उनलाई प्रादेशिक अस्पताल मलंगवा पुर्याइएकोमा चिकित्सकले राति १२ बजे मृत घोषणा गरेका थिए।
यस्तै, सामान्य घाइते भएका मोटरसाईकल पछाडी सवार ईश्वरपुर नगरपालिका–२ सुकनाहाका १४ बर्षिय बिक्की कुमार राउतको स्थानिय मेडिकलमा उपचार भइरहेको छ।
दुर्घटनापछि मोटरसाईकल चालक ईश्वरपुर नगरपालिकास्थित सुकनाहाका मनिष साहलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
वैशाख २८, २०८३ सोमबार ११:५१:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।