सामाखुसी खोला खोतल्दै महानगर, पक्की ढलान भत्काउन थालियो

सामाखुसी खोला खोतल्दै महानगर, पक्की ढलान भत्काउन थालियो

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले सामाखुसी खोलाको बहाव क्षेत्र छोप्न गरिएको सिमेन्ट ढलान फुटाउन थालेको छ। नियम अनुसार छाड्नुपर्ने क्षेत्र नछाडी घर बनाएर खोलालाई पक्की ढलान गरेर छेकेको भन्दै शुक्रवारबाट महानगरले ढकाल फुटाउन थालेको हो।

महानगरपालिकाले वसुन्धरादेखि विष्णुमतीसम्म पर्ने सामाखुसी खोलामाथिको कङ्क्रिट भत्काउन थालेको हो। सो क्षेत्रको करिब पाँच किलोमिटर क्षेत्रको स्ल्याब भत्काउने महानगरको तयारी देखिन्छ।

खोला किनारमा घर बनाउँदा ४ मिटर क्षेत्र छोड्नुपर्ने नियम समेत स्थानीयले पालना नगरेको महानगरको दाबी छ। उनीहरूले नियम अनुसार छाड्नुपर्ने जग्गा नछाडी खोलामाथि स्ल्याब राखेर बाटोको रूपमा प्रयोग गरेको महानगरको दाबी छ।

२६ जेठ, २०८०, १७:३०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।