भिडियो भाइरल भएपछि महानगर प्रहरी बलले भन्यो- ‘खर्पन खोस्ने आदेश दिइएको छैन’

भिडियो भाइरल भएपछि महानगर प्रहरी बलले भन्यो- ‘खर्पन खोस्ने आदेश दिइएको छैन’

काठमाडौं : काठमाडौं महानगरपालिकाको महानगर प्रहरीले बलले परम्परागत खर्पन खोस्ने आदेश नदिइएको स्पष्टीकरण दिएको छ।

परम्परागत खर्पनमा रहेको तरकारी नगर प्रहरीले खोसेको भिडियो सामाजिक सञ्जालमा छाएपछि प्रहरी बलका प्रमुख, राजुनाथ पाण्डेले खर्पन खोस्ने आदेश निदइएको स्पष्टीकरण दिएका हुन्।

सहरी व्यवस्थापनका लागि काम गरिरहेको नगर प्रहरीले सडक अतिक्रमण गर्नेहरूलाई कारबाही गर्दै आइरहेको छ।

‘परम्परागत पेशा सञ्चालन गर्नेलाई हटाउने वा अवरोध गर्ने गरिएको छैन। यसप्रकारको नीति पनि छैन। आदेश पनि छैन,’ उनले भने। 

यद्यपि भिडियोबारे अध्ययन थालिसकेको र अध्यपछि आउने निचोडका आधारण्मा निर्णय लिइने उनले बताए।

पाण्डेले भने, ‘अध्ययनले देखाउने निचोडका आधारमा गरेको रहेछ भने त्यस्तो गल्ती गर्ने प्रहरीलाई कारबाही गर्छौँ।’

पाण्डेले सम्बन्धित पेशाकर्मी तथा परम्परागत व्यवसाय गर्नेहरूमाथि परेको नकारात्मक प्रभावप्रति क्षमा माग्दै सहरी व्यवस्थापनका लागि महानगरले सम्पादन गरिरहेको काममा पूर्ववत् सहयोगको अपेक्षा गरेका छन्।

२५ जेठ, २०८०, २१:२६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।