सिद्धार्थ बैंकको सहयोगमा पाठेघरको मुखको क्यान्सरको निःशुल्क जाँच शिविर

सिद्धार्थ बैंकको सहयोगमा पाठेघरको मुखको क्यान्सरको निःशुल्क जाँच शिविर

काठमाडौं : सिद्धार्थ बैंकको सहयोगमा यसै हप्ता चन्द्रागिरि नगरपालिका-४ मा अवस्थित प्राथमिक अस्पताल थानकोट परिसरमा निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर आयोजना भएको छ।

शिविर सिद्धार्थ बैंक, नेपाल क्यान्सर केयर फाउण्डेसन र प्राथमिक अस्पताल थानकोटको सहकार्यमा आयोजना गरिएको हो।

पाठेघर क्यान्सरको सचेतनाका साथ महिला स्वास्थ्यको सुधारमा पहल गर्दै आयोजना गरिएको उक्त शिविरमा १५८ जना महिलाहरुको पाठेघर परीक्षण गरिएको थियो।

बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई उच्च प्राथमिकतामा राखी निरन्तरता दिने जनाएको छ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशैभर १९५ वटा शाखा (५ एक्स्टेन्सन् काउन्टर सहित), ११९ शाखारहित बैंकिङ्ग सेवा र २२० एटिएममार्फत् ग्राहकलाई बैंकिङ्ग सेवाह प्रदान गर्दै आएको छ।

२५ जेठ, २०८०, १२:०२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।