बेल्जियम जाँदै बालेन शाह

बेल्जियम जाँदै बालेन शाह

काठमाडौं : काठमाडौं महागरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) बेल्जियम जाने भएका छन्।

आगामी जेठ २९ देखि ३२ सम्म बेल्जियमको ब्रसेल्समा आयोजना हुने मेट्रो पुलिस वर्ल्ड कङ्ग्रेस र अर्बन समिटमा सहभागी हुन शाह बेल्जियम जान लागेका हुन्।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शाहको बेल्जियम भ्रमणलाई स्वीकृति प्रदान गरेको सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

२४ जेठ, २०८०, १२:०५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।