छात्रवृत्ति विवरण पेस नगर्ने विद्यालयको अनुमति रद्द गर्ने महानगरको चेतावनी

छात्रवृत्ति विवरण पेस नगर्ने विद्यालयको अनुमति रद्द गर्ने महानगरको चेतावनी

काठमाडौं : काठमाडौं महानगरपालिकाले नियम अनुसार १० प्रतिशत छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयको सूची सार्वजनिक गरेको छ।

महानगरले जेठ २७ गतेसम्म छात्रवृत्ति प्रदान गर्न पनि निर्देशन दिएको छ।

काठमाडौं महानगरले पहिलो पटकको सूचनामा छात्रवृत्तिको विवरण पेस नगर्ने विद्यालयलाई दोस्रो पटक सूचना जारी गर्दै यो निर्देशन दिएको हो।

३४२ विद्यालयले तोकिएको समयभित्र छात्रवृत्तिको विवरण पेस नगरेको महानगरले जनाएको छ। अब पनि तोकिएको समयभित्र छात्रवृत्तिको विवरण पेस नभए विद्यालयको अनुमति नै रद्द गर्ने चेतावनी महानगरको छ।

२३ जेठ, २०८०, १०:३२:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।