भारतीय टीभीलाई गैरजिम्मेवार उत्तर दिएको भन्दै रास्वपा सांसदले मागे परराष्ट्रमन्त्रीको राजीनामा

भारतीय टीभीलाई गैरजिम्मेवार उत्तर दिएको भन्दै रास्वपा सांसदले मागे परराष्ट्रमन्त्रीको राजीनामा

काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम साहले परराष्ट्रमन्त्री एनपी साउदको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। 

प्रतिनिधिभासभाको आजको बैठकमा सांसद साहले परराष्ट्रमन्त्री एनपी साउदले भारतमा दिएको अन्तर्वार्ताबारे प्रश्न उठाएका हुन्।  

भारतको आजतक टेलिभिजनमा साउदले अन्तर्वार्ता दिएका थिए। जहाँ उनले पत्रकासँग भारतले जारी गरेको नयाँ नक्सामा लुम्बनी र कपिलवस्तु समेटिएको बारे आफूलाई र आफ्नो सरकारलाई थाहा नभएको गैरजिम्मेवार उत्तर दिएका थिए।  

सांसद साहले भने, 'एउटा अन्तर्वार्ता दिनुभयो र रिपोर्टरले यो कपिलवस्तु र लुम्बिनी अखण्ड भारतको तपाईंको देशमा विवाद भइराछ।अपोजिसनले यो कुरा उठाउँदै छ भनेर बारम्बार प्रश्न गरिरहँदा पनि मेरो सरकारलाई जानकारी छैन। मलाई जानकारी छैन भने उहाँले बारम्बार भन्नुभयो, यसको यसको भिडियो क्लिप्सहरू आइराछ। 

सांसद साहले थपे, 'हाम्रो देशको अखण्डता र सार्वभौमसत्ता आँच पुर्याउँदा पनि जानकारी छैन भनेर उत्तर दिइन्छ भने त्यस्तो परराष्ट्रमन्त्रीको के काम राजीनामा दिएर हिँडे हुन्छ।'

 

२२ जेठ, २०८०, १३:१९:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।