प्रतिपक्षीहरूको अवरोधपछि सोमबार बिहान बस्नेगरी संसद् बैठक स्थगित

प्रतिपक्षीहरूको अवरोधपछि सोमबार बिहान बस्नेगरी संसद् बैठक स्थगित

काठमाडौँः एक घण्टाका लागि सरेको प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ।

नेकपा एमाले, राप्रपा, रास्वपालगायत विपक्षी दलहरूले अवरोध गरेपछि सभामुखले संसद बैठक भोलिसम्मका लागि स्थगित गरेका हुन्। 

संसद् सचिवालयका अनुसार संसदको अर्को बैठक भोलि सोमबार बिहान ११ बजे बस्नेछ । 

आइतबारको बैठकमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमणका क्रममा भएका सहमति र नागरिकता विधेयक प्रमाणीकरणमाथि बहस भएको थियो। 

मुख्यतः एमालेले नागरिकता विधेयक राष्ट्रहितविपरीत भएको भन्दै संसद बैठक अगाडि बढ्न नदिने भन्दै विरोध गरेको थियो। त्यसपछि सभामुख देवराज घिमिरेले बैठक एक घण्टाका लागि स्थगित गरेका थिए। 

प्रतिपक्षी दलहरू आफ्नो अडानबाट नहटेपछि पूर्वनिर्धारित कार्यसूचीअनुसार प्रतिनिधिसभामा बजेटमाथि छलफल नै भएन। 

२१ जेठ, २०८०, १६:२८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।