बेन्जेमाले रियलसँग सम्झौता अवधि नलम्ब्याउने

बेन्जेमाले रियलसँग सम्झौता अवधि नलम्ब्याउने

गत वर्षका बालोन डीओर विजेता फ्रान्सेली फुटबल स्ट्राइकर करिब बेन्जेमाले आफू रियल मड्रिड क्लबबाट अलग हुन सक्ने बताएका छन्। 

स्पेनको राजधानी मड्रिडमा उनले यसबारे पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी गरेका गोल डटकमले लेखेको छ।

रियलसँगको उनको सम्झौता यसै महिनाको अन्त्यमा समाप्त हुँदैछ। त्यसपछि उनी सम्झौता लम्ब्याउने पक्षमा नरहेका समाचारमा जनाइएको छ। 

उनले साउदी अरबको एक क्लबमा आबद्ध हुने जानकारी क्लबलाई पहिल्यै गराएका इटालियन एक पत्रकारले खुलासा गरेका छन्। गियानलुका डि मार्जियो नाम गरेका उक्त पत्रकारको दाबीअनुसार बिहीबारै बेन्जेमाले पत्रकार सम्मेन गरेर १४ लामो रयल मड्रिडको बसाइ त्याग्न लागेका हुन्। 

३५ वर्षीय बेन्जेमा सन् २००९ मा लियोनबाट रियल मड्रिड भित्रिएका थिए। रियलमा रहँदा उनी पाँच वटा च्याम्पियन्स लिग र ४ वटा लालिगा उपाधिमा उचाल्न सफल भए। रियलमा रहँदा ४३८ खेलमा २३७ गोल गरेका छन्। 

आजै मात्र पीएसजीका अर्जेन्टिनी स्टार लियोनल मेसीले पनि क्लब छाडेका छन्। 

१८ जेठ, २०८०, २१:११:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।