एकैदिन महाधिवेशन घोषणा गरेपछि फुटको संघारमा प्रजातान्त्रिक प्राध्यापक संघ, इतर पक्ष भन्छ- ‘गगन थापाको साथ छ’

एकैदिन महाधिवेशन घोषणा गरेपछि फुटको संघारमा प्रजातान्त्रिक प्राध्यापक संघ, इतर पक्ष भन्छ- ‘गगन थापाको साथ छ’

काठमाडौं : त्रिभुवन विश्वविद्यालय अन्तर्गतको प्रजातान्त्रिक प्राध्यापक संघ नेपाल फुटको संघारमा पुगेको छ।

अध्यक्ष जगत तिमल्सिनाले सदस्यता वितरणमा एकलौटी गरेको भन्दै महासचिव सह-प्राध्यापक राजेन्द्र गौतमको समूहले विद्रोह गरेपछि संघ फुटको संघारमा पुगेको हाे।

महासचिव गौतम पक्षका उप-प्राध्यापक लक्ष्मण राज कँडेलले गौतम पक्षधरले महाधिवेशन त्रिवि केन्द्रीय क्याम्पसमा गर्न लागेको जानकारी दिए।

उनले भने, ‘वर्तमान अध्यक्षले एकलौटी तवरले सदस्यता वितरण गर्ने, निर्वाचन समितिका सदस्यलाई नै मतदाता नामवली नदेखाउने, मृत्यु भइसकेका र गैरप्राध्यापकलाई सदस्यता दिएर गैरप्रजातान्त्रिक चरित्र देखाएपछि बाध्य भएर जेठ १९ गते नै हामीले महाधिवेशन गर्न लागेका हौँ।’

गौतमले आफ्नो पक्षलाई कांग्रेस महामन्त्री गगनकुमार थापाको समर्थन गरेकाेसमेत बताए।

‘हाम्रो पक्षलाई महामन्त्री गगन थापाको समर्थन छ’, उनले थपे।

उता अध्यक्ष जगत तिमिल्सिना भने महाधिवेशन प्रज्ञा प्रतिष्ठानमा १९ गते हुने बताउँछन्।

‘हामीले महाधिवेशन जेठ १९ गते प्रज्ञा प्रतिष्ठानमा उद्घाटन गर्दैछौँ’, उनले भने।
 

१७ जेठ, २०८०, ०७:२६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।