टिकटक अनि युट्युबका कन्टेन्ट क्रियटरको आम्दानीमा पाँच प्रतिशत कर

टिकटक अनि युट्युबका कन्टेन्ट क्रियटरको आम्दानीमा पाँच प्रतिशत कर

काठमाडौँ : सामाजिक सञ्जालमा कन्टेन्ट राखेर आम्दानी गर्नेहरूलाई सरकारले करको दायरामा ल्याएको छ। सरकारले बजेटमार्फत आयकर ऐनमा संशोधन गर्दै नेपालमा दर्ता व्यवसाय नभएको तर व्यक्तिगत रूपमा विदेशमा सेवा दिए बापत भएको आम्दानीमा ५ प्रतिशत कर लाग्ने भएको हो।

गत वर्षदेखि सरकारले यस्ता सेवाबाट हुने आम्दानीलाई करको दायरामा ल्याएको थियो। यस पटक सरकारले सबैलाई करको दायरामा ल्याएको हो। पहिला युट्युबमार्फत कन्टेन्ट क्रिएट गर्नेहरूको आम्दानीमा १ प्रतिशत कर लाग्ने गरेको थियो। अब कर ५ प्रतिशत पुगेको छ।

यसमा टिकटक, फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालहरू परेका छन्।

१६ जेठ, २०८०, १७:५७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।