राष्ट्रिय सूचना प्रविधि केन्द्र खारेज गर्‍यो सरकारले

राष्ट्रिय सूचना प्रविधि केन्द्र खारेज गर्‍यो सरकारले

काठमाडौँ : सरकारले राष्ट्रिय सूचना प्रविधि केन्द्र खारेज गर्दै सूचना प्रविधि विभागमा गाभेको छ। आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले केन्द्र खारेज गरेको हो।

केन्द्रले सरकारी डेटा सेन्टर सञ्चालन तथा व्यवस्थापन गर्दै आइरहेको थियो। केन्द्र खारेज भएपछि अब सो काम विभागले गर्नेछ।

सरकारले बजेटमार्फत रेडियो नेपाल र नेपाल टेलिभिजनलाई समेत एक आपसमा गाभ्ने भएको छ।

१६ जेठ, २०८०, १७:४६:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।