रेशम चौधरी कारागारबाट छुटे

रेशम चौधरी कारागारबाट छुटे
नाउपाकी केन्द्रीय सदस्य एलिजा गौतमसँग कारागार मुक्त भएका चौधरी

काठमाडौँः रेशम चौधरी कारगारबाट रिहा भएका छन्। 

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा माफी दिएपछि उनी आज (सोमबार) बिहान कारागारबाट रिहा भएका हुन्। 

मन्त्रिपरिषद्ले आइतबार रेशम चौधरीको सजाय माफ गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। 

टीकापुर घटनामा दोषी ठहर भएका चौधरीलाई सर्वोच्च अदालतले आजीवन काराबासको सजाय तोकेको थियो। नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसदसमेत रहेका उनलाई लिन डिल्लीबजार कारागारमा उनका बुवा तथा आमा पुगेका थिए। 

१५ जेठ, २०८०, ०८:२०:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।