एमालेले संसद् बैठक अवरुद्ध पारेपछि समस्या समाधान गर्न सर्वदलीय बैठक

एमालेले संसद् बैठक अवरुद्ध पारेपछि समस्या समाधान गर्न सर्वदलीय बैठक

 संसदमा पशुपतिनाथको जलहरीको विषयमा भ्रष्टाचार भएको भन्दै कुरा उठेपछि सर्वदलीय बैठक बसेको छ। 

सभामुखको कार्यकक्षमा सबै दलका प्रमुख सचेतक र सचेतकहरू सहभागी छन्।

जेठ १० गते माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार रहेका बेला पशुपतिको जलहरी लगाउँदा अनियमितता भएकोबारे विषय उठाएका थिए।

सुनको जलहरी भनेर पित्तल लगाइएको उनले आरोप लगाएका थिए। 

तर त्यस आरोप एमालेले खण्डन मात्र गरेन। आजको प्रतिनिधिसभा बैठक नै अवरुद्ध पारेको थियो। 

गलत आरोप लगाइएको भन्दै एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि समाधानको उपाय खोज्न सर्वदलीय बैठक बसेको हो।

१२ जेठ, २०८०, १४:५४:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।