जन्मकैद सजाय पाएका रेशमलाई छुटाउने तयारी, गृह हुँदै राष्ट्रपति कार्यालय पुग्यो पत्र

जन्मकैद सजाय पाएका रेशमलाई छुटाउने तयारी, गृह हुँदै राष्ट्रपति कार्यालय पुग्यो पत्र

सर्वोच्च अदालतबाट जन्मकैद सुनाइएका रेशम चौधरीलाई आम माफी दिने तयारी गरिएको छ। 

टीकापुर हत्याकाण्डमा मुख्य योजनाकार रहेका उनलाई केही दिनअघि सर्वोच्च अदालतले उच्च अदालतको फैसला सदर गर्दै जन्मकैद सुनाएको थियो। 

यस्तोमा उनलाई आममाफी दिन भन्दै गृह मन्त्रालयमा निवेदन परेको छ। उक्त निवेदन गृहले राष्ट्रपति कार्यालयसम्म पुर्याएको छ।

टीकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनाका प्रमुख योजनाकार चौधरी अहिले डिल्लीबजार कारागारमा छन्। 

संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानूनबमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था छ। 

जसकै आडमा चौधरीलाई आममाफी दिइनुपर्ने गरी निवेदन परेको हो। 

११ जेठ, २०८०, १७:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।