आईपीएलको प्लेअफमा गुजरातले टस जित्यो, यस्तो छ चेन्नईसँगको इतिहास

आईपीएलको प्लेअफमा गुजरातले टस जित्यो, यस्तो छ चेन्नईसँगको इतिहास

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)का शीर्ष दुई टोलीबीच हुने प्लेअफमा हार्दिक पाण्ड्या नेतृत्वको गुजरात टाइटन्सले टस जितेको छ।

चेन्नई सुपर किंग्सविरुद्धको प्लेअफमा कप्तान पाण्ड्याले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। यो खेल जित्ने टोली सिधै फाइनलमा पुग्ने भएकाले पनि आजको खेल दुवै टोलीका लागि उत्तिकै महत्त्वपूर्ण छ।

हार्ने टोलीले दोस्रो इलिमिनेटरमा प्रतिस्पर्धा गर्दै फाइनल पुग्ने प्रयास गर्न पाउनेछ। गुजरात टाइटन्स २०२२ को च्याम्पियन टोली हो भने चेन्नई सुपर किंग्स टोली २०१०, २०११, २०१८ र २०२१ मा चार पटक च्याम्पियन भइसकेको छ।

तर, दुई टोलीबीचको आईपीएलमा गुजरात टाइटन्सले सधैं अगाडि छ। यी दुई टोलीबीचको यो चौथो खेल हो।

दुवै टोलीले २०२२ मा दुई खेल र यस वर्ष एक खेल खेलेका छन् र तीनवटै खेल गुजरातले जितेको छ।

गुजरात टाइटन्सले लिगका १४ मध्ये १० खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा छ भने चेन्नई सुपर किंग्सले ८ खेल जितेर राम्रो नेट रन रेटका आधारमा दोस्रो स्थान हासिल गरेको छ।

९ जेठ, २०८०, १९:२८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।