अबदेखि असोज २ गते शिक्षा दिवस मनाइने

अबदेखि असोज २ गते शिक्षा दिवस मनाइने

काठमाडौं : अबदेखि असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाइने भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अब प्रत्येक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

उनले भनिन्, ‘शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको प्रस्तावमा अबदेखि प्रत्येक वर्ष असोज २ गते शिक्षा दिवस मनाउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।’

२०३१ सालदेखि मनाउन थालिएको शिक्षा दिवस २०३१ देखि २०६२ सम्म फागुन १२ गते मनाइँदै आएकाे थियो।

२०६२/६३ को जनआन्दोलनपछि सेप्टम्बर ८ अर्थात भाद्र २२ गते पर्ने अन्तर्राष्ट्रिय साक्षरता दिवसका दिन शिक्षा दिवस मनाउने गरिएको छ।

९ जेठ, २०८०, १८:३१:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।