प्रधानमन्त्रीले शपथ खाएको पाँच महिनापछि सरकारले पायो पूर्णता

प्रधानमन्त्रीले शपथ खाएको पाँच महिनापछि सरकारले पायो पूर्णता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन्।

मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९)बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन्।

पौडेलले वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरणमन्त्री र प्रमिला कुमारीलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त गरी कार्यभार तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ।

दुवै जना जसपाका सांसद हुन्। महतो सिरहा क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् भने प्रमिलाकुमारी राष्ट्रियसभा सांसद हुन्।

योसँगै पुस १० गते नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद्ले पाँच महिनापछि पूर्णता पाएको छ।

९ जेठ, २०८०, १५:४३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।