नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि छानबिन गर्न चुनौती दिँदै ओलीले भने ' बाघले घाँस खाँदैन'

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि छानबिन गर्न चुनौती दिँदै ओलीले भने ' बाघले घाँस खाँदैन'

काठमाडौँ : एमाले अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी बनाएर विदेश पठाउँछु भनेर ९ सय ७५ जनासँग पैसा असुलिएको भन्दै यसमा संलग्न दोषीलाई फसाउने र निर्दोषलाई फसाउने प्रयास भइरहेको दाबी गरेका छन्।

प्रतिनिधि सभामा बोल्दै उनले ४ सय २९ जना भुटानी शरणार्थी नै थिए तर उनीहरूको नाम परिवर्तन गरेको भन्दै भने'त्यो परिवर्तन गर्ने को हो त्यो खोज्नुस्। केपी ओलीको नाम लिन एमालेको नाम लिन रहर लागेको छ भने लिए हुन्छ।'

उनले आफ्नो अनि एमालेमा संलग्न रहेकाहरूको भुटानी प्रकरणमा संलग्नताबारे छानबिन गर्न चुनौती दिँदै 'निर्दोष फसाउने अनि दोषी उम्काउने प्रयास भइरहेको दाबी गरेका थिए।

'यो कुरा भोलि अझ भयावह रूपमा उठ्छ। आगो लुकाउन सकिन्छ धुवाँ लुकाउन सकिन्न' उनले भने।

तीन पार्टीका नेता पटक-पटक बैठक बस्दा सन्देश पैदा भयो भन्दै आफ्नो चरित्रहत्या गरिएको उनको दाबी थियो। तीन दलका शीर्ष नेताहरूको बैठक संसद् चलाउन अनि सहमतीय बाटो खोज्न बसेको उनको दाबी छ।

आफू गृहमन्त्री, परराष्ट्रमन्त्रीहुँदै प्रधानमन्त्रीसमेत भइसकेको व्यक्ति भएको भन्दै उनले भने' बाघ भोकै मर्छ तर घाँस खाँदैन। म्याउँ म्याउँ गर्दैन।'

पक्राउ परिसकेका व्यक्ति किन छोडेको? भन्दै उनले राजनीतिक अभीष्ट पुरा गर्न निर्दोषलाई फसाउने प्रयास नहोस् भन्दै सरकारलाई चेतावनी दिएका थिए।

७ जेठ, २०८०, १३:२९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।