आईपीएलमा चेन्नेईको २८ पटक २०० भन्दा बढी रन, दिल्लीलाई विशाल चुनौती

आईपीएलमा चेन्नेईको २८ पटक २०० भन्दा बढी रन, दिल्लीलाई विशाल चुनौती

इन्डियन प्रिमियर लिग २०२३ को ६७ औं खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २२४ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको टोलीले २० ओभरमा ३ विकेट गुमाएर २२३ रन बनायो। टोलीले लिगमा २८ औं पटक २०० भन्दा बढी रन बनाएको छ।

ओपनर देवेन कोनवेले ८७ र ऋतुराज गायकवाडले ७९ रनको उपयोगी पारी खेले। यी दुई पछि खेल्न आएका शिवम दुबेले ९ बलमा २२ रन बनाए। जडेजाले ७ बलमा २० रनको योगदान दिए। 

आज डबल हेडर(डे हो र दिनको दोस्रो खेल कोलकाता नाइट राइडर्स ९केकेआर० र लखनउ सुपर जायन्ट्स ९एलएसजी० बीच बेलुकी ७स्३० बजे इडेन गार्डेन स्टेडियम, कोलकातामा हुनेछ। 

ऋतुराज गायकवाड र देवेन कोनवेको ओपनिङ जोडीले चेन्नईलाई राम्रो सुरुवात गराए। दुवैबीच शतकीय ओपनिङ साझेदारी थियो। यो जोडीले सिजनमा चौथो शतकको साझेदारी गरेका छन्। 

ऋतुराज गायकवाडले सिजनको तेस्रो अर्धशतक बनाए। उनले ३७ बलमा अर्धशतक पूरा गरेका छन्। यो उनको करियरको १३ औं अर्धशतक हो।

चेन्नईले उत्कृष्ट सुरुवात गरेको छ। देवेन कोनवे र ऋतुराज गायकवाडको ओपनिङ जोडीले ६ ओभरमा ५२ रन जोडे।

६ जेठ, २०८०, १७:४२:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।