सेयर राइडिङ सेवालाई व्यस्थित गर्ने कानून ल्याउँदै सरकार

सेयर राइडिङ सेवालाई व्यस्थित गर्ने कानून ल्याउँदै सरकार

काठमाडौंः सरकारले सेयरिङ राइडरलाई दायरामा ल्याउन कानुन बनाउने भएको छ।

यातायात व्यवस्था ऐनअनुसार यस्ता सेवा कानुनी रूपमा खुला नहुँदा प्रशासनिक निर्णयकै आधारमा बन्द गर्ने र खुलाउने हुँदै आएको छ। 

अब सरकारले यसबारे निश्चित कानुन बनाउने तयारी गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सार्वजनिक गरेको नीति तथा कार्यक्रममा 'निजी तवरमा सार्वजनिक यातायात सेवा प्रदान गर्दै आएका राइडर सेवा प्रदायकसम्बन्धमा आवश्यक कानूनी व्यवस्था गरिने' उल्लेख छ। 

नेपालमा अहिले वैदेशिक लगानीका रूपमा 'पठाओ'सँगै, 'सारथि', 'इनड्राइभ'लगायत राइड सेयरिङ कम्पनी सञ्चालनमा छन्।

निश्चित कानुनी मापदण्ड नहुँदा चालकको सुविधा, भाडादरगायत निजी कम्पनी हावी हुँदै आएका छन्। यसले कानुनी मान्यता नपाउँदा अन्य झमेला पनि यात्रुहरूले भोगिरहेका छन्। 

५ जेठ, २०८०, १८:४८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।