नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिए सक्कली भुटानी नेता टेकनाथ रिजाल

नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिए सक्कली भुटानी नेता टेकनाथ रिजाल

नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल पक्राउ परेका छन्। 

नक्कली भुटनी शरणार्थी प्रकरणमा संगल्नहरूसँग उनको आर्थिक लेनदेन पुष्टि  भएकाले उनलाई पक्राउ गरिए काठमाडौं प्रहरी परिसरका एसएसपी दानबहादुर कार्कीले बताए। 

यस प्रकरणमा अन्य व्यक्तिहरूको पनि नामहरू आइरहेका छन्, भ्याइए अदालतले दिएको समयभित्र, नभ्याए अनुसन्धान खुला राखी अनुसन्धान गर्ने छौँं,' उनले भने। 

यस प्रकरणमा समातिएका अन्यहरूसँग प्रहरीले संगठित अपराधको मुद्दा चलाइरहेको छ।

प्रहरीले आजै यस प्रकरणमा मुछिएका नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँलाई पनि पक्राउ गरेको छ। 

रिजालसँगै यस प्रकरणमा १६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। उनीहरूको बयान लिने क्रम चलिरहेको छ। 

प्रहरीले यो प्रकरणमा ठगी तथा संगठित अपराधतर्फ अनुसन्धान गरिरहेको छ र त्यसअनुसार ६० दिनभित्र मुद्दा अदालतमा दर्ता भइसक्नुपर्छ। 

प्रहरीले अनुसन्धान अन्तिम चरणमा रहेको र शुक्रबारसम्म अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाइसक्ने जनाएको छ। 

४ जेठ, २०८०, १८:१७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।