नक्कली शरणार्थी प्रकरणमा हज कमिटीका अध्यक्ष मियाँ पक्राउ

नक्कली शरणार्थी प्रकरणमा हज कमिटीका अध्यक्ष मियाँ पक्राउ

काठमाडौँ : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने आवरणमा भएको आपराधिक घटनाको अनुसन्धानक्रममा हज कमिटीका अध्यक्ष शमशेर मिया पक्राउ परेका छन्।

पक्राउ आरोपीले पैसा ओसार्न उनले प्रयोग गर्दै आएको कमिटीको गाडी प्रयोग गरेको खुलेपछि प्रहरी उनको खोजीमा थियो।  

गिरोहले प्रयोग गरेको भन्दै प्रहरीले गृहको बा.१झ १५८१ नम्बरको सरकारी गाडी बरामद गरेको थियो। सो गाडी गृह मन्त्रालयअन्तर्गतको नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँको भएको खुलेपछि उनी सम्पर्कबाहिर थिए। 

विभिन्न व्यक्तिलाई पैसा बुझाउन, जिल्ला गएर शरणार्थी बन्न राजी ब्यक्ति भेट्न सो गाडिको प्रयोग भएको प्रहरीको दाबी छ।
  

४ जेठ, २०८०, १२:१४:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।