नदीमा नुहाउन गएका दुई जनाको डुबेर मृत्यु

नदीमा नुहाउन गएका दुई जनाको डुबेर मृत्यु

काठमाडौं : कञ्चनपुरमा नदीमा नुहाउन गएका दुई जनाको डुबेर मृत्यु भएको छ। उनीहरूसँग नुहाउन गएका अन्य दुई जना घाइते छन्। 

दोदा नदीमा नुहाउन गएका बेलौरी नगरपालिका–७, शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिवार मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता उमेशराज जोशीले जानकारी दिए। 

उनका अनुसार शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट भने घाइते भएका छन । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

२३ बैशाख, २०८१, ०८:३२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।