बाहिरिसकेको दिल्लीले जारी सिजनमा पहिलोपटक बनायो २०० बढी रन, पञ्जावलाई कडा चुनौती

बाहिरिसकेको दिल्लीले जारी सिजनमा पहिलोपटक बनायो २०० बढी रन, पञ्जावलाई कडा चुनौती

इन्डियन प्रिमियर लिग २०२३ को ६४ औं खेलमा दिल्ली क्यापिटल्सले जितका लागि पञ्जाव किंग्सलाई २१४ रनको लक्ष्य दिएको छ।

पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा दुई विकेट गुमाएर २१३ रन बनायो। दिल्लीले यो सिजनमा पहिलो पटक २०० रनको अंक पार गरेको हो।

हिमाञ्चल क्रिकेट स्टेडियममा रिले रुसोले ३७ बलमा ८२ रन बनाए। उनले आफ्नो आईपीएल करियरको पहिलो अर्धशतक बनाए, जबकि पृथ्वी शा ५४ रनमा आउट भए। उनले सिजनको पहिलो अर्धशतक बनाएका थिए। यो शाको १३ औं अर्धशतक हो।

यसअघि कप्तान डेभिड वार्नर ३१ बलमा ४६ रन बनाएर आउट भएका थिए। पञ्जाबका साम करणले दुई विकेट लिए।

दिल्लीका ओपनर पृथ्वी शाले सिजनको पहिलो अर्धशतक बनाए। उनले ३६ बलमा अर्धशतक पूरा गरे। आईपीएलमा पृथ्वीको यो १३ औं अर्धशतक हो। 

कप्तान डेभिड वार्नर र पृथ्वी शाको साझेदारीले दिल्लीलाई बलियो सुरुवात गराएको थियो। दुवैले पहिलो विकेटका लागि ६२ बलमा ९४ रन जोडे। यो साझेदारी साम करनले डेभिड वार्नरलाई आउट गरेर तोडेका थिए। वार्नर ३१ बलमा ४६ रन बनाएर आउट भए।

पावरप्लेमा दिल्लीले उत्कृष्ट सुरुवात गरेको थियो। टोलीले ६ ओभरमा विनाविकेट ६१ रन बनाएको थियो। टोलीका दुवै ओपनर अपराजित रहे।

३ जेठ, २०८०, २१:३९:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।