नक्कली भुटानी प्रकरणमा समातिएकाहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई थप ३ दिन

नक्कली भुटानी प्रकरणमा समातिएकाहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई थप ३ दिन

नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका एमाले सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायतलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। 

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अनुसन्धान सकेर बुधबारसम्ममा रायसहितको प्रतिवेदन बुझाउन भने पनि अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले म्याद थप गर्न अनुमति मागेको थियो। 

नेपालीलाई भुटानी बनाएर अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा अहिलेसम्म हाई प्रोफाइल गरी १४ जना पक्राउ परिसकेका छन्। 

३ जेठ, २०८०, १८:२४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।