लखनऊले मुम्बईलाई दियो १७८ रनको लक्ष्य, मार्क्स स्टोयनिक्सको ८९ रन

लखनऊले मुम्बईलाई दियो १७८ रनको लक्ष्य, मार्क्स स्टोयनिक्सको ८९ रन

जारी इन्डियन प्रिमियर लिगको सिजनको ६३ औं खेलमा लखनउ सुपरजाइन्ट्सले मुम्बई इन्डियन्सलाई जितका लागि १७८ रनको लक्ष्य दिएको छ।

पहिले ब्याटिङ गरेको लखनऊले २० ओभरमा ३ विकेट गुमाएर १७७ रन बनायो। 

मार्कस स्टोइनिसले सिजनको तेस्रो अर्धशतक बनाए भने कप्तान क्रुणाल पाण्ड्या ४९ रनमा रिटायर्ड हर्ट भए। जेसन बेहरेनडोर्फले २ विकेट लिए भने पियुष चावलाले १ विकेट लिए।

१२ रनमा दुई विकेट गुमाएपछि मार्कस स्टोइनिस र कप्तान क्रुणाल पाण्ड्याले लखनउको कमजोर पारीलाई सम्हालेका थिए।

दुवैले ५९ बलमा अविजित ८२ रन जोडे। कप्तान क्रुणाल पाण्ड्या ४९ रनको व्यक्तिगत स्कोरमा रिटायर हर्ट भएका थिए।

२ जेठ, २०८०, २१:५७:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।