भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वसांसद आङटावाले गरे आत्मसमर्पण

भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वसांसद आङटावाले गरे आत्मसमर्पण

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी भएका पूर्वसांसद आङटावा शेर्पाले आत्मसमर्पण गरेका छन्। 

टेकुस्थित जिल्ला प्रहरी परिसरमा पुगेर उनले सोमबार साँझ आत्मसमर्पण गरेका हुन्। 

नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका केशव दुलाल र सानु भण्डारीलाई हिरासतमा पुगेर भेटेपछि शेर्पा पनि यसको अनुसन्धानमा तानिएका हुन्। 

रामेछाप क्षेत्र नम्बर १ बाट २०७० सालमा उनी संविधानसभा सदस्य निर्वाचित भएका थिए। उनी नेपाली कांग्रेसबाट विजयी भएका थिए। 

यो प्रकरणमा एमाले नेता तथा सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत पक्राउ परिसकेका छन्।

१ जेठ, २०८०, २०:०७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।