प्रिमियरमा नेता लगेर 'हलकारा' ले गरेको हल्लाले फिल्म चल्ला ?

प्रिमियरमा नेता लगेर 'हलकारा' ले गरेको हल्लाले फिल्म चल्ला ?

काठमाडौँ : ब्रान्ड दाबी गरिएको नाइँ नभन्नु ल-६ होस् कि प्रसाद-२ डङरंग्रै भए हलमा। न आँचलको फिगरले दर्शक तान्यो न विपिन कार्कीको अभिनयले।

फरक जनारा भन्दै हल्ला गरेको फिल्म 'ज्याकी आइएम ट्वान्टी वान' को निर्देशकको त निन्द्रै गायब भयो रे हलमा दर्शक नआएर। परिचित अभिनेता धिरजले दर्शकलाई हलमा आउन प्रेरित गर्नै सकेनन्।

फिल्मी व्यापारको हालत यस्तो कमजोर भएको बेलामा फिल्म हलकाराले कहिले हस्तलिखित निमन्त्रणा पत्र पठाएर हल्ला गर्यो त कहिले प्रिमियरमा नेता बोलाएर माइलेज लिने प्रयास गर्यो।

प्रिमियरमा आउने कलाकार हुन् या नेता उनीहरूको धर्म नै हो जस्तो झुर फिल्मलाई नि दामी भन्नु। त्यसैले त हलकाराको प्रिमियरमा आएका नेतादेखि कलाकारसम्मले दामी फिल्म भनेरै प्रशंसा गरे।

तर दर्शक बाठा भइसके। सित्तैमा हेराउने प्रिमियरको प्रतिक्रिया हैन पैसा तिरेर हेरेका दर्शक इमानदार हुन्छन् भन्ने बुझिसके। त्यसैले फिल्म हल्ला अनुसार चल्न शुक्रवार रिलिज भएपछि दर्शकबाट आउने प्रतिक्रियामा भर पर्ने पक्कापक्की छ।

महेश त्रिपाठी अनि विनीता थापामगरको प्रमुख अभिनय गरेको फिल्मका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन्। यसमा विप्लव प्रतीक र आकाश बरालले सह-लेखन गरेकाले लेखन चुस्त भएको आस गर्न सकिन्छ।

फिल्म नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा 'वेस्ट लङ्ग न्यारेटिभ फिल्म' बनेकाले गतिलै हुनसक्ने देखिन्छ पनि।

फ्लिकर रोड आईल्याण्ड इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा सेमी फाइनलसम्म पुगेको, युकेको कार्माथान बे फिल्म फेस्टिभल २०२२ मा अफिसियल सेलेक्सन भएको फिल्म हो यो।

ब्रुनो भ्यालेन्टीको ओरिजिनल म्युजिक अनि कलरिस्ट लियोनार्डो क्यान्डियन भएकाले नयाँ वर्षको सफल फिल्म बन्न पनि सक्छ। फिल्म कस्तो छ शुक्रवार बेलुकासम्म दर्शक प्रतिक्रिया आइहाल्ने छ। त्यसैले निर्धारण गर्ने छ हलकाराको हल्ला कतिको काम लाग्यो भनेर।

२८ बैशाख, २०८०, २३:३४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।