सलमानले ‘सिकन्दर’ घोषणा गरेपछि ‘किङ’ लिएर आउँदै शाहरुख

सलमानले ‘सिकन्दर’ घोषणा गरेपछि ‘किङ’ लिएर आउँदै शाहरुख

एजेन्सी : अभिनेता सलमान खानले केही दिनअघि मात्र आफ्नो फिल्म ‘सिकन्दर’को घोषणा गरे। यो फिल्म आगामी वर्ष २०२५ मा रिलिज हुँदैछ। 

यही बीचमा अभिनेता शाहरुख खान पनि नयाँ फिल्म ‘किङ’ लिएर दर्शकमाझ आउने तयारीमा छन्।

शाहरुखलाई बलिउडमा ‘किङ खान’का रुपमा चिनिन्छ। यही कारण पनि उनले फिल्मको नाम ‘किङ’ राखिएको फिल्म विश्लेषकहरुको दाबी छ। 

यही फिल्मबाट शाहरुखपुत्री सुहाना खान पनि ‘थिएट्रिकल डेब्यू’ गर्दैछिन्। फिल्ममा सुजोय घोषको निर्देशन हुनेछ।

सन् २०२५ मा रिलिज हुने यो फिल्मको प्री–प्रोडक्सनको काम सुरु भइसकेको छ। 

निर्माताहरू यसै वर्षको गर्मी मौसममा फिल्म फ्लोरमा लैजाने तयारीमा छन्। अहिले निर्माता र निर्देशक फिल्मको कास्टिङमा ध्यान दिइरहेका छन्।

उनीहरू फिल्ममा शाहरुखसँग भिड्न सक्ने भिलेनको खोजीमा छन्। फिल्मको १२ दिनसम्म एक्सन दृश्य खिचिनेछ। 

२ बैशाख, २०८१, १२:५९:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।