एमालेले दोहोर्याएर भन्यो– टोपबहादुरजी पार्टीको सम्पर्कमा हुनुुहुन्न

एमालेले दोहोर्याएर भन्यो– टोपबहादुरजी पार्टीको सम्पर्कमा हुनुुहुन्न

काठमाडौं : एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका निलम्बित सचिव टोपबहादुर रायमाझी पार्टीको सम्पर्कमा नरहेको दोहोर्याएको छ।

बिहीबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले रायमाझी आफूहरुको सम्पर्कमा नरहेको दोहोर्याएका हुन्।

‘मोबाइल अफ गरेको दिनदेखि टोपबहादुरजी हाम्रो सम्पर्कमा हुनुहुन्न। हामीलाई थाहा छैन, प्रहरीलाई पनि थाहा रैछन, थाहा पाएको भए समातेर ल्याउँथ्यो होला,’ गुरुङले भने, ‘हामीले यसअघिको सचिवालय बैठकमै कानून कार्यान्वयन र अनुसन्धानमा सघाउन उहाँलाई आग्रह गर्ने निर्णय गरिसकेका थियौं।’

सचिवालय बैठकपछि पनि रायमाझी प्रहरीमा उपस्थित भएर अनुसन्धानमा नसघाएपछि निलम्बन नै गरिएको गुरुङले बताए। अनुसन्धानको टुंगो नलागेसम्म रायमाझीको निलम्बन कायमै रहने उनले बताए।

निलम्बन फुकुवा गर्न पाइनेमा आफूहरू आशावादी रहेको भन्दै उनले मोबाइल अफ गरेदेखि आजको दिनसम्म रायमाझी पार्टीको सम्पर्कमा नभएको बताए।

२८ बैशाख, २०८०, १८:२६:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।