बैठकमा के भयो अध्यक्षज्यू, ओलीको जवाफः रमेश लेखकजीले जे भन्नुभयो त्यही हो

बैठकमा के भयो अध्यक्षज्यू, ओलीको जवाफः रमेश लेखकजीले जे भन्नुभयो त्यही हो

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले शीर्ष तीन दलका शीर्ष नेताहरूको बैठकबारे प्रतिक्रिया दिन चाहेनन्।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबीच भएको बैठकबाट बाहिरिँदै गर्दा ओलीले सञ्चारकर्मीलाई प्रतिक्रिया दिन नचाहेका हुन्।

सञ्चारकर्मीले अध्यक्षज्यू बैठकमा के भयो भनेपछि अध्यक्ष ओलीले भने, ‘रमेश लेखकजीले जे भन्नुभयो त्यहि हो।’

उहाँले त भन्नुभयो तर शीर्षमा उहाँ हुनुहुन्थेन भन्ने प्रश्नको जवाफमा ओलीले भने, ‘हुनुहुन्थ्यो।’

त्यसअघि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेस नेता रमेश खरेलले बैठकमा संसदभित्रकै विषयवस्तुमा छलफल भएको बताएका थिए।

उनले बजेट, नीति तथा कार्यक्रमका विषयमा बैठक केन्द्रीत भएको बताउँदै विषयगत समितिका सभापति, टिआरसी विधेयक, सुनुवाई समितिलगायकोबारे छलफल भएको बताएका थिए।

लेखकले नक्कली भुटानी शरणार्थी प्रकणमा कुनै छलफल नभएको दाबी गरे।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी थिए।

२७ बैशाख, २०८०, १६:४६:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।