पूर्वमन्त्री बालकृष्ण खाँण पक्राउ

पूर्वमन्त्री बालकृष्ण खाँण पक्राउ

कांग्रेस नेता तथा पूर्वमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरीले उनलाई मैजुवहालमा रहेको डेराको घरबाट पक्राउ गरेको हो।

सादा पोशाकमा आएका प्रहरीले उनलाई डेराबाट निकालेर गाडीमा राखेर लगेका थिए। 

यसै प्रकरणमा यसअघि सचिव टेकनाराण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रिजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीपलगायत पक्राउ परिसकेका छन् ।

छोरा पक्राउ परे पनि टोपबहादुर भने हालसम्म फरार छन्।  

 

२७ बैशाख, २०८०, १०:१०:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।