रिन्कु सिंह नायक बनेको खेलमा पञ्जावमाथि कोलकाताको रोमाञ्चक जित

रिन्कु सिंह नायक बनेको खेलमा पञ्जावमाथि कोलकाताको रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको रोमाञ्चक खेलमा कोलकाता नाइट राइडर्सले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।

कोलकातालाई अन्तिम २ ओभरमा २६ रन चाहिएको थियो भने १९ औं ओभरमा आन्द्रे रसेलले २० रन बनाएर टोलीलाई जितको नजिक पुर्याएका थिए ।

२० औं ओभरको अन्तिम बलमा कोलकातालाई २ रन चाहिएको थियो, रिन्कु सिंहले चौका प्रहार गर्दै टोलीलाई जित दिलाए ।

कोलकाताको इडेन गार्डेन रंगशालामा टस जितेर पहिले ब्याटिङ रोजेको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १७९ रन बनाएको थियो । जवाफमा कोलकाताले ५ विकेटमा लक्ष्य पूरा गर्यो। 

१८० रनको लक्ष्य पछ्याएको कोलकाताले जेसन रोय र रहमानउल्लाह गुरबाजको बलिङमा राम्रो सुरुवात गरेको थियो । तर पाँचौं ओभरमा नाथन एलिसले गुरबाजलाई एलबीडब्लू गरे। उनले १५ रन बनाएपछि टोलीले ६ ओभरको अन्त्यमा एक विकेट गुमाएर ५२ रन बनाएको थियो। 

कप्तान शिखर धवन (५७ रन) ले करियरको ५० औं अर्धशतक बनाए । जितेश शर्माले २१ र ऋषि धवनले १९ रन जोडे । कोलकाताका लागि वरुण चक्रवर्तीले तीन विकेट लिए भने हर्षित रानाले दुई विकेट लिए । कप्तान नितिश राना र सुयश शर्माले एक एक विकेट लिए। 

धवनले ५० औं अर्धशतक बनाए, कोहलीको बराबरीमा आए

धवनले करियरको ५० औं अर्धशतक पूरा गरेका छन् । उनले ४१ बलमा अर्धशतक बनाए । चालू सिजनमा धवनको दोस्रो अर्धशतक हो । उनी लिगमा सर्वाधिक अर्धशतक बनाउने मामिलामा पूर्वभारतीय कप्तान विराट कोहलीको बराबरीमा आएका छन् । विराट कोहलीले केही दिनअघि आफ्नो ५० औं अर्धशतक पनि बनाएका छन् ।

२५ बैशाख, २०८०, २३:४८:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।