विधान नमानेको भन्दै दुवै महामन्त्रीले देउवाको गरे आलोचना

विधान नमानेको भन्दै दुवै महामन्त्रीले देउवाको गरे आलोचना

काठमाडौँ : केन्द्रीय कार्यसमितिलाई पूर्णता नदिएको अनि भातृ सङ्गठन लथालिङ्ग बनाएको भन्दै नेपाली कांग्रेसका पदाधिकारीहरूले पार्टी सभापति शेरबहादुर देउवाको आलोचना गरे।

बिहीबार बसेको पदाधिकारी बैठकमा नेताहरूले पदाधिकारी नियुक्तिदेखि मन्त्रिपरिषदमा पठाएका सदस्यबारेसम्म आलोचना भएको हो।

विधान अनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति एक सय ६८ सदस्यीय हो। तर महाधिवेशन सकिएको डेढ वर्ष बितिसक्दा पनि १३ जना केन्द्रीय सदस्य मनोनीत भएका छैनन्।

पार्टीको विधान अनुसार पार्टीको महाधिवेशन सकिएको ६ महिनाभित्र विभाग गठन हुनुपर्छ। तर अहिलेसम्म विभाग प्रमुख तोकिएका छैनन्।

नेपाल विद्यार्थी सङ्घ, तरुण दल, महिला सङ्घमा अध्यक्ष मनोनीत भएका छन् तर अन्य पदाधिकारी तोकिएको छैन। वर्तमान सरकारमा पठाएका मन्त्रीहरूमा दलितको प्रतिनिधित्व भएको छैन।

पार्टी बैठकमा देउवाको आलोचना गर्ने पदाधिकारीहरू शेखर कोइराला समूहका थिए। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लगायतकाले सभापति विधान अनुसार नचलेको भन्दै आलोचना गरेका थिए भए सह महामन्त्री जीवन परियारले सरकारमा दलितको प्रतिनिधित्वबारे प्रश्न राखेका थिए।

२१ बैशाख, २०८०, १९:०३:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।