बारा-२ मा उपेन्द्र यादवको अग्रता बढ्दो, ५ हजार मतले अगाडि रहन सफल

बारा-२ मा उपेन्द्र यादवको अग्रता बढ्दो, ५ हजार मतले अगाडि रहन सफल

काठमाडौं : बारा क्षेत्र नम्बर २ को मतगणना जारी रहँदा जसपाका उम्मेदवार तथा अध्यक्ष उपेन्द्र यादवले निरन्तर अग्रतालाई बढाइरहेका छन्। 

ताजा परिणामअनुसार उनले ५ हजार १३ मतको अग्रता कायम गरेका हुन्।

उपेन्द्रले हालसम्म कुल १८ हजार ९६ मत ल्याएका छन्। उनका निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले भने कुल १३ हजार ८३ मत पाएका छन्। 

त्यसैगरी तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५ हजार ४ सय ५९ मत पाएका छन्।

यहाँ रास्वपाका उम्मेदवार रमेश खरेलले २ हजार १ सय ६३ मत पाएका छन्। उनी चौथो स्थानमा छन्। 

१२ बैशाख, २०८०, १७:२७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।