चितवन-२ मा बल्ल जुट्यो सहमति, दिउँसो १ बजेदेखि मतगणना सुरु गरिने

चितवन-२ मा बल्ल जुट्यो सहमति, दिउँसो १ बजेदेखि मतगणना सुरु गरिने

काठमाडौं : चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना दिउँसो १ बजेदेखि सुरु हुने भएको छ।

सोमबार विहान बसेको सर्वदलीय बैठकले उद्योग संघको प्रदर्शनी केन्द्रमा दिउँसो १ बजेदेखि मतगणना सुरु गने सहमति गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए।

चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने लगायतका उम्मेदवारबीच कडा प्रतिस्पर्धामा छन्।

आइतबार साँझै मतगणनाका लागि सर्वदलीय बैठब बस्ने भनिए पनि विवाद भएपछि सुरु हुन सकेको थिएन। रास्वपाका समर्थकले मतगणना स्थलबाहिर नाराबाजी गरेपछि अन्य दलका प्रतिनिधि आक्रोश पोखेका थिए।

११ बैशाख, २०८०, १२:०५:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।