बारा–२ मा सकियो सर्वदलीय बैठक, साढे ९ बाट मतगणना थालिने

बारा–२ मा सकियो सर्वदलीय बैठक, साढे ९ बाट मतगणना थालिने

काठमाडौं : प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन भएको बारा २ मा साढे ९ बजेदेखि गणना थालिने भएको छ।

सर्वदलीय बैठकमा मतगणनाको समय टुंगो लगाइएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए।

उनका अनुसार बाराको कलैयास्थित शिक्षा तालिम केन्द्रमा कडा सुरक्षाबीच मतगणनाको व्यवस्थापन मिलाइएको छ।

६५ प्रतिशत मत खसेको बारामा ३४ उम्मेदवार छन्।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहा, एमालेका पुरुषोत्तम पौडेल र रास्वपाका रमेश खरेल पनि मैदानमा छन्।

११ बैशाख, २०८०, ०९:११:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।