छात्राहरूको गोप्य अङ्ग हेर्दै 'क्या दामी देखिएको' भन्ने नेपाल कर्मश क्याम्पसका उपप्राध्यापकलाई त्रिविको सजाय 'एक वर्ष बिदा'

छात्राहरूको गोप्य अङ्ग हेर्दै 'क्या दामी देखिएको' भन्ने नेपाल कर्मश क्याम्पसका उपप्राध्यापकलाई त्रिविको सजाय 'एक वर्ष बिदा'

काठमाडौँ : विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपी नेपाल कर्मश क्याम्पसका उपप्राध्यापक महेन्द्र अर्याललाई त्रिभुवन विश्वविद्यालयले कारबाहीबाट उन्मुक्ति दिएको छ।

शैक्षिक भ्रमणकोक्रममा विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको प्रमाणित भए पनि अपराध अनुसारको कारबाहीको साटो एक वर्षको स्वैच्छिक बिदामा राख्ने निर्णय गरेको हो।

त्रिवि शिक्षाध्यक्ष शिवलाल भुसालका अनुसार कारबाही स्वरूप अर्याललाई एक वर्ष ‘स्वैच्छिक ’ बिदा, दुई वर्षसम्म ग्रेड नबढ्ने गरी कारबाही गरिएको जानकारी दिए। यौन दुर्व्यवहार गम्भीर अपराध हो। तर सो प्रकरण प्रहरीमा अनुसन्धानका लागि नपठाइ विभागीय कारबाही मात्र गरिएको हो।

‘हामीले विद्यार्थीले माग गरे बमोजिम कारबाही गरेका हौँ,’भुसालले भने, ‘उनीहरूले बिबिएम कार्यक्रम निर्देशकबाट हटाउनु भनेका थिए हटायौँ, उनीहरूले क्याम्पसमा प्रवेश गर्न नदिनुस् भनेका थिए एक वर्षसम्म फोर्सफुल्ली बिदामा राख्यौँ र दुई वर्षसम्म उहाँको ग्रेड नबढ्ने गरी कारबाही गर्यौ।'

यौन दुर्व्यवहार जस्तो गम्भीर अपराधमा किन यति फितलो कारबाही गर्नु भएको भन्ने उकेराको प्रश्नमा भुसालले भने,‘विद्यार्थीले भने अनुसार कारबाही भएको भन्दै पन्छिए। 'हामीले पनि दुर्व्यवहारको प्रकृति बुझेर कारबाही गरेका हौँ। उहाँले फेरि माफी माग्नु भएको पनि हो’ उनले भने।

बिदा बस्न दिएर पुरस्कृत गरे जस्तो भएन र  भन्ने प्रश्नमा भुसालले ‘फोर्सफूल्ली’ बिदा बस्न लगाइएको दाबी गरे। उनले कार्यरत व्यक्तिलाई जबरजस्ती बिदामा बस्न लगाउनु कारबाही नै भएको तर्क गरे।

उनले मौखिक अब्युज भएकाले प्रहरीकोमा नपठाएको भन्दै उनलाई कारबाही भने गरेको दाबी गरे।

माघ १३ गते शैक्षिक भ्रमण गएको बेला उपप्राध्यापक अर्यालले छात्राहरूलाई यौन दुर्व्यवहार गरेको भन्दै नेपाल कर्मश क्याम्पस प्रशासनमा उजुरी परेको थियो। शैक्षिक भ्रमणमा ३७ जना विद्यार्थी, दुई जना शिक्षक, दुई जना अपरेटर र बस स्टाफ २ जना गरी ४३ जना सहभागी थिए।

अर्यालमाथि मदिरा पिएर छात्रालाई जबरजस्ती संवेदनशील अङ्गतिर हेर्दै‘हटी पाइ’ भन्दै दुर्व्यवहार गरेको र जबरजस्ती चुरोट खुवाउन खोजेको लगायतको आरोप लागेको थियो।

अर्यालले छात्रहरूलाई हटाएर छात्राहरूलाई मात्र नाच्न निर्देशन दिएको,एक छात्रालाई मात्र बारमा नाच्ने महिला जसरी नाच्न निर्देशन दिएको, छेउमा रहेको छात्रालाई तेरो रुम नम्बर कति हो भनेर सोधेको, छात्रहरूको गोप्य अङ्ग हेरी क्या दामी देखिएको छ भनेको र छात्रालाई ‘हटी पाइ’ भन्दै दुर्व्यवहार गरेको भन्दै छात्राहरूले क्याम्पसमा उजुरी दिएका थिए

छात्राहरूलाई ‘हिँड न १० मिनेट घुमेर आउँ, म पनि छात्राहरूको रुमको स्वाद लिन्छु’ भनेको, छात्राहरू नाचिरहेको बेलामा टाइट हग गरेको, नाचिरहेको बखत खुट्टा उचाली अश्लील हर्कत गरेको, ‘तु चिज बडि हे मस्त–मस्त’भनेर हेरेको उजुरीमा उल्लेख थियो।

यो पनि

२७ चैत, २०७९, १५:०१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।